पोखरामा बाल अस्पताल बन्ने

पोखरा । पोखरामा बाल अस्पताल बन्ने भएको छ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) र पोखरा महानगरपालिकाको सहकार्यमा अस्पताल बन्न लागेको हो ।

आइतबार, चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डाक्टर भवानी कोइराला र पोखरा महानगरका मेयर मानबहादुर जीसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको रोहबरमा अस्पताल निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेका हुन् । बाल अस्पताल निर्माणको लागि महानगरले पहिलेदेखि योजना बनाए पनि अघिल्लो कार्यपालिकाको निर्णयपछि बाल अस्पताल बनाउँन सम्झौता गरिएको महानगरका एक कर्मचारीले बताए ।

मुटु र बाल अस्पताल बनाउँन महानगरले यसअघिको कार्यपत्रमा पनि समावेश गरेको थियो । पोखरा २७ मा बाल अस्पताल निर्माणको लागि महानगरले जग्गा उपलब्ध गराउँने भएको हो । करिब ५० करोड लागत अनुमान गरिएको बाल अस्पताल अन्य ६ प्रदेशमा पुर्‍याउँने चाइल्ड हेल्थको योजना छ । गण्डकी प्रदेशबाट यसको सुरुआत भएको हो ।

महानगरले जग्गा उपलब्ध गराउँने र चाइल्ड हेल्थले अस्पताल निर्माणको लागि खर्च गर्ने छ ।

सम्बन्धित न्यूज

Back to top button