सुनको भाउ तोलाको ८० हजार नाघ्यो

पोखरा न्यूज – १२ ,फागुन । सुनको भाउ तोलाको ८० हजार नाघेको छ।

सोमबार तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्‍यवसायी महासंघले जनाएको छ। तेजावी सुन ८० हजारमा कारोबार भइरहेको छ।

यस्तै,चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ। कोरोना भाइरसको कारण सुनचाँदीको मूल्य उकालो लागेको बताइएको छ।

सम्बन्धित न्यूज

Back to top button