नेविसंघका राजेश हमाल पक्राउ, प्रदेश सभा अघि टायर बालेर आधि घण्टा चक्काजाम

पोखरा । नेविसंघले आफ्ना कार्यकता राजेश हमाललाई प्रहरीले पक्राउ गरेको विरोधमा गण्डकी प्रदेश सभा अघि आधि घण्टा टायर बालेर चक्काजाम गरेको छ । अनेरास्ववियुका विराड दवाडी र विशाल पन्तको उजुरीपछि नेवि संघका राजेश हमाल पक्राउ परेका हुन् ।

नेवि संघले राजेश पक्राउ परेको विरोधमा गण्डकी प्रदेश सभा अघि टायर बालेर आधि घण्टा चक्काजाम गरेर नाराबाजी समेत गरेको थिए । यस्तै, नेवि संघले पिएन क्याम्पस गेट अघि सरकारी नम्बर प्लेटको गाडि पनि आफ्नो नियन्त्रणमा लिएको छ ।
सत्ता र शक्तिको आडमा आफूहरुलाई फसाउँन खोजिएको भन्दै नेवि संघले विरोध जनाउँदै आएको छ । पिएनका स्ववियु सभापति उम्मेद्वार राजेश हमाललाई पक्राउलाई क्यामपस प्रमुखले वार्ताको लागि बोलाएर प्रहरीलाई खबर गरि पक्राउ गराएको नेवि संघ कास्कीको आरोप छ । नेवि संघ कास्कीले क्याम्पस प्रमुखको राजिनामाको माग सहित राजेश हमाललाई बिना शर्त रिहाई गर्न माग गरेको छ ।

नेवि संघका सतिश बास्तोला, गौरव बराल, बिपिन नेपाली, स्वरूप बन्जाडे, सौरव चाँपागाई, सुजी हितान मगर, युवराज पौडेल र अक्कल क्षेत्री विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । आफ्ना सदस्यलाई झुटा मुद्दा लगाएर फसाउँन खोजिएको नेवि संघका निर्वतमान केन्द्रिय सदस्य भानु ढकालले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको झण्डाको अपमान गरेर केक बनाई काँटेको भन्दै आफूहरुले विरोध जनाउँने जानकारी दिए ।
आफ्ना साथीहरुको स सम्मान रिहा गर्नुपर्ने उनको माग छ । आफ्ना मागहरु पुरा नभए सरकारी गाडि बन्द गर्ने र चरणबद्ध शैक्षिक हड्तालमा उत्रिने उनले बताए । प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको भन्दै केही समय अघि नेविसंघका २ र समाजवादी विद्यार्थी युनियनका ४ जना कार्यकर्ता समातिएका छन् ।

सम्बन्धित न्यूज

Back to top button