सरकार भोकमरी हटाउँन लागि परेको छ : प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले भोकमरी हटाउँन लागि परेको बताएका छन् । सडकमा बालकले खानको लागि कुकुरसंग लड्नुपर्ने अवस्था अन्त्य गर्न आफूहरु लागि परेको उनले जिकिर गरेका छन् ।

‘सडकमा बालकले खानको लागि कुकुरसंग लड्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ सोमबार पोखरामा आयोजित प्रदेशस्तरिय कार्यकर्ता पशिक्षणमा बोल्दै उनले भने, ‘सरकारकै कारण काठमाडौंका सडकमा कोही असहाय मान्छे छैनन् ।’ सडकमा देखिएका केही असहायहरुभने शौखिन मगन्ते रहेको उनले बताए । ‘सडकमा असहाय मान्छे छैन् । केही शौखिनहरु छ्न् । आँउ भन्यो, ३५ हजार माग्छन्,’ उनले भने ।

खुला दिसामुक्त क्षेत्र घोषणा, खरका छाना भएकाहरुलाई जस्तापाता दिने, नमुना एकीकृत बस्ती बनाउने, कमैयाको पुनर्वासको व्यवस्था मिलाउने लगायतका काम सरकारको उपलब्धि रहेको उनले बताए । स्वदेशमै रोजगारी सृजना गरेर सरकारले पछिल्लो समयमा विदेश जाने युवाहरु घटाएको उनले दाबी समेत गरे ।

सम्बन्धित न्यूज

Back to top button