कर्साङ शेर्पाको गीत ‘दिल बस्यो’ सार्वजनिक(भिडियोसहित)

राजाराम पौडेल, पोखरा । नवगायक कर्साङ शेर्पाले आफ्नो डेब्यु गीत ‘दिल बस्यो’ सार्वजनिक गरेका छन् । गीतमा शब्द गणेश सुवेदीको रहेको छ भने संगीत बिक्रम थापाको रहेको छ । गीतको संगीत संयोजन विशन मानन्धरले गरेका हुन् ।

गीतको भिडियो सुन्दर बनेको छ । स्वयंम गायक कर्साङ र नायिका वर्षा सिवकोटी पिचर्ड म्युजिक भिडियोमा दुई जना विचको चोखो र सरल प्रेम कहानी प्रस्तुत गरिएको छ ।

उत्सव दहालले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । गायक कर्साङको कन्सेप्टमा तयार पारिएको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका छन् ।

विगत लामो समय देखि अमेरिकामा बस्दै आएका कर्साङलाई गीत संगीतमा गहिरो रुचि छ । किशोर कुमार, नारायण गोपाल, भक्त राज आचार्य, दिप श्रेष्ठको गायन कला वाट प्रभावित बताउने कर्साङले अमेरिकामा हुने विभिन्न सांगेतिक कार्यक्रममा आफ्नो सहभागिता जनाउदै आएका छन ।

हरेक नेपालीहरुमा सामाजिक सेवाको भावना हुनुपर्छ भन्ने विचार राख्ने कर्साङले यो म्युजिक भिडियो हाल अस्पतालमा उपचाररत आफ्ना भाइ टेण्डी शेर्पा (नेपाल बास्केटबल संघका अध्यक्ष) प्रति समर्पित गरेका छन् ।

सम्बन्धित न्यूज

Back to top button