पोखरामा डुंगा पल्टिँदा बेपत्ता भएका लुइँटेल मृत फेला

पोखरा  । पोखराको फेवातालमा सोमबार  डुंगा पल्टिँदा  बेपत्ता भएका काठमाण्डौ -१० कपनका २७ बर्षीय सुमित भनिने राम शरण लुइँटेल मृत फेला परेका छन् ।

गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएको गोताखर सहितको  उद्दार टोलिले खोजतलास गर्ने  क्रममा मंगलबार दिउँसो करिव ३ वजेको समयमा लुइँटेललाई मृत भेटेको हो ।

तालको खपौदी क्षेत्रमा ४० फिट गहिरो क्षेत्रबाट  लुइँटेलको  शव निकालिएको   वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादव ढकालले जानकारी दिए । सशस्त्र प्रहरीका तालिम प्राप्त गोताखर  दिर्घ नारायण पौडेल र  दिपेन्द्र विष्टको टोलीले तालमा घोप्टो परेर गढेर रहेको लुइँटेलको शव निकालेको हो ।

सोमबार दिउँसो करिब १ बजेर ३० मिनेट जाँदा खपौदी क्षेत्रबाट  काठमाडौंको एक टोली सिंगल डुंगा लिएर हिँडेको थियो । डुंगा पल्टिदा डुंगामा सवार ३ मध्ये १ जना बेपत्ता भएका थिए ।

उक्त डुङ्गामा सवार काठमाण्डौ कपन बस्ने  २७ बर्षीय  सुविन चालिसे र  २८ बर्षीय रुपेश अधिकारीको हिजो सोमबार   नै  शकुसल उद्दार गरिएको थियो ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button