आजको मौसम : पूर्वमा मेघगर्जन सहित पानी, पश्चिममा मौसम सुधार

काठमाडौं : केही दिनयता धमिलिएको देशभरको मौसम आजबाट केही ठाउँमा सुधार हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले पनि पूर्वी क्षेत्रमा पानी परिरहेको छ। पश्चिम पहाडका केही ठाउँमा अहिले पानी परिरहेको भएपनि कम हुँदै गएर दिउँसो घमाइलो हुने बताइएको छ।

पूर्वी क्षेत्रमा दिनभर मेघगर्जन, चट्याङसहित पानी पर्नेछ। त्यस्तै ती क्षेत्रमा हावाहुरी पनि चलिरहेको छ। हावाहुरीको बेग अझै बढ्नसक्ने बताइएको छ। पश्चिममा पनि साँझपख भने केही ठाउँमा पानी पर्नसक्ने अनुमान महाशाखाले गरेको छ।

सम्बन्धित न्यूज

Back to top button