जन्ती बोकेको बस नदीमा खस्दा २४ को मृत्यु

पोखरा न्यूज । भारतको राजस्थानमा जन्तीबस मैज नदीमा खस्दा २४ जनाको मृत्यु भएको छ ।

बुधबार सबेरै भएको दुर्घटनामा ३ बालबालिका, १० महिलासहित २४ जनाको मृत्यु भएको हो । बरनबाट सवाई मधुपुर जाँदै गरेको बस बुन्डी जिल्ला अन्तर्गतको कोटा- डौसा राजमार्गबाट नदीमा खसेको थियो । बसमा ४० जना सवार रहेकोमा समयमै उद्धार हुन नसक्दा ठूलो मानवीय क्षति भएको जनाइएको छ ।

बस चालकले नियन्त्रण गुमाउँदा बस रेलिङ बार र भित्ता केही नभएको पुलबाट नदीमा खसेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । बस खसेपछि स्थानीयबासीहरु नै उद्धारमा खटिएका थिए । घाइतेहरुलाई स्थानीय लेखारी अस्पताल पुर्याइएको थियो भने गम्भीर घाइतेहरुलाई कोटाको अस्पतालमा रिफर गरिएको पनि जनाइएको छ ।

घटनाको विस्तृत विवरण भने आइसकेको छैन ।

सम्बन्धित न्यूज

Back to top button