आज पनि पश्चिम क्षेत्रमा मौसम बदली हुने

काठमाडौं : केही दिनयता विग्रेको मौसम आज पनि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पश्चिम भागमा मौसम बदली हुने मशाखाको अनुमान छ। देशका अन्य भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।
त्यस्तै आज रातको समयमा पनि देशको मध्य तथा पश्चिमी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सम्बन्धित न्यूज

Back to top button