पोखरामा मोटरसाइकल र बस ठोक्किदा २ को मृत्यु

पोखरा । पोखराको चाउथेमा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । बुधबार बेलुका पोखरा महानगरपालिका-१४ चाउथेमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ग १ ख ९५९५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १४ प ५२४ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अर्जुन चौपारी गाउँपालिका आरुचौर घर भई पोखरा-१४ चाउथेमा बस्दै आएका इश्वरबहादुर क्षेत्री र मेखबहादुर क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

मृतक दुई नाताले दाजुभाई रहेको प्रहरीले खुलाएको छ । बसको ठक्करबाट गम्भिर घाइते दुईलाई उपचारको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइ रहेको प्रहरीको भनाई छ ।

सम्बन्धित न्यूज

Back to top button