पेट्रोलियम पदार्थमा विकास कर थप्ने सरकारको निर्णय

काठमाडौं :  सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपियाँ विकास कर थपेर १० रुपियाँ पुर्याएको छ।
मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्रीको समेत जिम्मेवारी लिनुभएका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

गत फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपियाँ विकास कर लगाउने निर्णय गरेको हो।
बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपियाँ कर लगाउन थालेको थियो। हाल आएर सो कर ५ थपेर १० पुर्याइएको हो।

सम्बन्धित न्यूज

Back to top button