गोरखा दरबारको कन्तबिजोग! (तस्बिरमा हेर्नुहोस्)

गोरखा । न शासक चिन्यो न रैति नै । ०७२ को भुकम्पले देशै तहसनहस पा¥यो । भुकम्पले ढालेका संरचनाहरु अझैसम्म पनि ठडिन सकेका छैनन् । सबैभन्दा बढी क्षति पुगेको गोरखा दरबार पनि पुन निर्माणको पर्खाइमा छ ।

दरबारको बिजोग देख्दा, दरबार पुग्ने जो कोहीले एकै छिन गम खान्छन् । र, भन्ने गर्छन्, कैले बन्ने होला यो दरबार ?

पुनःनिर्माणको १६ महिनापछि गएको असोजमा दरबारको मुल ढोका ठड्याउँने काम भए पनि त्यसपछिको कामले पनि गति लिन सकेको छैन । पुरातत्व विभागले जिम्मा लिएर पुनःनिर्माणमा हेलचेक््रयाईले दरबारको दुरावस्था अझै कायमै छ ।

गोरखा नगरपालिकाका मेयर रञ्जनराज पन्तले पुनःनिर्माणको काममा कहिले ठेकेदार हराउँने त कहिले के नपुग्ने यावत कारणले पुनःनिर्माणको काम अघि बढ्न नसकेको बताए । नेपाल एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहको जन्मथलो गोरखा, नेपाल एकिकरणको उद्गमस्थल मानिन्छ ।

 

सम्बन्धित न्यूज

Back to top button