प्रजातान्त्रिक विचार समाज गण्डकीको अध्यक्षमा प्रा.डा. मिश्र

पोखरा । प्रजातान्त्रिक विचार समाज गण्डकीको  अध्यक्षमा प्रा. डा. अक्कलदेव मिश्र चयन भएका छन् । समाजको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनबाट प्रा. डा. मिश्रको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति गठन भएको हो ।

समितिको कोषाध्यक्षमा लमजुङका आनन्द घिमिरे र सचिवमा पर्वतका  सुभाष पन्त चयन भएका छन् । अधिवेशनबाट कास्कीका डा.गिरधारी शर्मा, तनहूँका  बह्यदत्त तिमल्सेना, स्याङ्जाका मुक्तिप्रसाद सुवेदी, गोरखाका रामशरण आचार्य बागलुङका गोविन्द कंडेल, म्याग्दीका रुद्रप्रसाद सुवेदी, मनाङका प्रेमलाल लामा, मुस्ताङका शारदा शेरचन र नवलपरासीका बाबुराम राना समितिको सदस्यमा चयन भएका छन् ।

नवनिर्वाचित समितिले शनिवार नै ऋषि खतिवडा, जिवलाल काफ्ले, गौ कुमारी न्यौपाने, सूर्यप्रसाद भण्डारी, बद्री प्रसाद पंगेनीलाई सदस्यमा मनोनित गरेको सचिव सुभाष पन्तले जानकारी दिए । त्यसैगरी समितिको सल्लाहकारमा  डा.पद्मशरण रेग्मी, प्रा.डा.वेदनाथ शर्मा र डा.वासुदेव भण्डारी चयन भएको सचिव पन्तले जानकारी दिए ।

त्यसअघि कार्यक्रममा बोल्दै प्रमुख अतिथि विचार समाजका केन्द्रिय अध्यक्ष डा.केदारनरसिंह केसीले समाज राजनीतिक पार्टीको भातृ संगठन नभई प्रजातान्त्रिक विचारधारा बोक्ने  बौद्धिक व्यक्तित्वहरुको संस्था भएकोले पार्टीको भातृ संगठनको रुपमा नहेर्न आग्रह गरे । नेपाली कांग्रेस प्रजातान्त्रिक विचार बोक्ने पार्टी भएकाले केही वैचारिक कुराहरु विचार समाज सँग मिल्ने केसीले बताए ।

लोकतन्त्रको रक्षाका लागि सैद्धान्तिक दृश्टिकोणबाट विचलित नहुन दललाई खबरदारी गर्नुपर्ने समय आएको बताउदै केसीले प्रजातान्त्रीक विचारबाट बाहिर गइरहेका नेताहरुलाई खबरदारी गर्ने र सही मार्गनिर्देशन गर्ने भुमिका विचार समाजले खेल्नुपर्ने धारणा राखे ।

समितिका संयोजक रहेका प्रा.डा.  मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समालोचक तथा चिन्तक डा.नारायण सिंह केसी तथा केन्द्रिय प्रतिनिधिहरुले मन्तब्य राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button