प्याराग्लाइडिङ च्याम्पियनसिप टिम इभेण्टमा कोरियालाई पछि पार्दै नेपाल प्रथम

पोखरा । पोखरामा शनिबार सम्पन्न  प्याराग्लाइडिङको क्रसकन्ट्री बिधा “वल्र्ड कप एसियन टुर” २०२० तथा १९ औं नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप अन्तर्गत टिम इभेण्ट तर्फ नेपालले उपाधि जित्न हात पार्न सफल भएको छ ।

शनिबार भएको ४७.८ किलोमिटरको दुरीमा नेपाली टोलीले शुक्रबारको जस्तै उत्कृष्ट प्रर्दशन गरी अन्य टिमलाई पछि पार्दै १७ अंक जोड्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो । नेपाली टोलीले तीन दिनको खेलमा ५४ अंक जोड्न सफल भएको हो ।

यही फागुन ११ गतेदेखि पोखरामा संचालन भएको उक्त प्रतियोगिमा नेपालले प्रमुख दाबेदार कोरियन टोलीलाई पछि पार्दै उपाधि जित्न सफल भएको हो । पहिलो दिनको खेलमा पछि परेको नेपालले लगातार दुई दिनको खेलमा उत्कृष्ट प्रर्दशन गरेको हो । टिम नेपालको नामबाट नेपालको प्रतिनिधित्व गरेको नेपाली टिममा युकेश गुरुङ, विशाल थापा, विजय गौतम र शेरबहादुर गुरुङ रहेका थिए ।

तीन दिनको खेलमा कोरियाको टीम ४८ अंक सहित दोश्रो र ४५ अंक ल्याएको जर्मन तेश्रो भयो । लगातार तीन दीन प्रतिकुल मौसमका कारण न्यूनतम एक घण्टा पनि प्रतियोगिहरुले आकासमा उडान गर्न नसकेका कारण खेल रद्ध भएको थियो । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा उक्त प्रतियोगिता भएको हो ।

एकल तर्फको प्रतिष्पर्धामा कोरियाले उपाधिका जित्न सफल भएको छ । कोरियाका जङ्गमेन चोईले २ हजार २ सय २० अंकका साथ उपाधि जित्न सफल भए । नेपालका विशाल थापाले २ हजार १ सय ४७ अंकका साथ दोश्रो भए । कोरियकै चिक्योङ हा ले २ हजार १ सय ३० अंकका साथ तेश्रो भए । नेपालका बिजय गौतम भने चौथो भएको हवाई खेलकुद संस्था ना का निवर्तमान अध्यक्ष योगेश भट्टराईले बताए ।

त्यसै गरि महिला एकल तर्फ अमेरिकाकी ग्यालेन कर्कप्याट्रिक उपाधि जित्न सफल भइन् । उनले तीन दीनको खेलमा १ हजार १ सय ६० अंकका साथ प्रथम भएकी हुन्। कोरियाकी याना ली ७ सय ४७ अंक ल्याउदै दोश्रो भइन भने स्विजरल्याण्डकी सुसन स्टोफरले ३ सय ७१ अंकका साथमा तेश्रो भइन् ।

नेपाल तर्फको १९ औं च्याम्पियनशिप अन्तरगत विशाल थापाले उपाधि जिते । त्यसै गरी विजय गौतम दोश्रो र आशिष थापा तेश्रो भए । सुरज थापा चौथो र युकेश गुरुङ पाँचौ स्थानमा रहे ।

विजेता खेलाडीहरुको टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार), अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । पोखरामा पहिलो पटक भएको वर्ल्ड कप एशियन टुर–२०२० मा २० देशका ९२ जना प्यराग्लाइडिङ पाइलट सहभागि भएको कम्पिटिसन डाइरेक्टर विमल अधिकारीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button