स्याङ्जामा एक युवक मृत फेला

पोखरा न्यूज । स्याङ्जामा एक युवक मृत अवस्थामा फेला  परेका छन । सिद्धार्थ राजमार्ग अन्तर्गत  स्याङ्जाको वालिङ नगरपालिका–१३ बायाँटारीको नालामा युवक मृत फेला परेका प्रहरीले उल्लेख गरेको  छ ।

पानी जमेको नालामा बिहीबार दिउँसो मृत अवस्थामा सोही ठाँउ निवासी ३७ वर्षीय कृष्णबहादुर सार्की फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको  प्रहरीले जानकारी दिएको  छ ।

सम्बन्धित न्यूज

Back to top button