आहा रारा गोल्ड कपको उपाधिको लागि मनाङ र पुलिस भिड्ने

पोखरा । गत वर्षको उपविजेता त्रिभुवन आर्मी क्लबलाई नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लबले पराजित गर्दै १८ औं आहा रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा मनाङले आर्मीलाई ३-२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो ।

चैत १ गते हुने फाइनल खेलमा मनाङले उपाधिको लागि विभागिय टोली चिर-परिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लवसंग प्रतिस्पर्धा गर्नेछ। मनाङको जितमा म्यान अफ दी म्याच घोषित विदेशी खेलाडी फ्लोरेन्ट, विमल राना र अञ्जन विष्टले एक/एक गोलको योगदान गरे ।

खेलको चौथो मिनेटमा मनाङले गोल गर्दै  पहिलो हाफ पुरै जसो आर्मीलाई दबाबमा राख्न सफल भयो । शुसिल लामाको कर्नर बलमा मनाङका फ्लोरेन्टले पहिलो गोल गरेका हुन् । खेलको २९ औं मिनेटमा अन्जन विष्टको क्रस बलमा विमल रानाले गोल गरी टिमलाई २-० को अग्रता दिलाए । खेलको ८१ औं मिनेटमा विमल रानाको पासमा अन्जन विष्टले गोल गरे ।

२-० ले पछि परेको अवस्थामा आर्मीका कप्तान भरत खवासले खेलको ४२ औं मिनेटमा गोल गरे । सुमन अर्यालको पासमा उनले गोल गरेका हुन्। ३-१ ले पछि परेको अवस्थामा आर्मीका दीप लामाले एक गोल गरी गोल अन्तर कम गराए । टंक बस्नेतको पासमा लामाले खेलको ८३ औं मिनेटमा गोल गरेका हुन्। आहा राराको ३ पटक फाइनलमा पुगे पनि उपाधि चुम्न विफल आर्मीलाई यसपाली उपाधि चुम्ने ठुलो सपना भए पनि खेलको सुरुवातमै गोल खादा कम व्याकको प्रयास गरे  पनि अन्ततः मनाङसंग हार बेहोर्नु पर्यो ।

आर्मीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा यस पटक पनि आहा रारामा उपाधि जित्ने सपना अधुरै रह्यो । खेलको २२ औं मिनेटमा जोर्ज पिन्स कार्कीले डि-वक्स भित्रबाट प्रहार गरेको बल पोष्ट माथिबाट बाहिरिएको थियो । त्यसैगरी कार्कीले दोस्रो हाफको २४ औं मिनेटमा पाएको बल सदुपयोग गर्न सकेनन।  उनले करिब पेनाल्टी एरिया नजिकबाट प्रहार गगरेको हेड वल क्रस वार नजिकैबाट बाहिरिएको थियो । खेलको ७४ औं मिनेटमा नगयुग श्रेष्ठको प्रहारलाई विपक्षि गोलरक्षक सुजित गुरुङले बचाउ गरे ।

दोस्रो सेमिफाइनल खेलमा भने पोखरेली दर्शकको उल्लेखनिय दर्शको सहभागिता रहेको थियो । अन्य दिनको तुलनामा केही बढी दर्शक रंगशालामा पुगेका थिए ।

मनाङले पाएका थप केही अवसर सदुपयोग गर्न नसक्दा गोल अन्तर फराकिलो पार्न सकेन् । मनाङका अन्जन विष्ट, दयानन्द सिंह, विमल राना, पुजन उपरकोटीका केही अवसर खेर गएका थिए । आर्मीका प्रशिक्षक नविन न्यौपानेले खेलको सुरुवातमै गोल खाएर दबाबमा परेको बताए । उनले आफुहरुले पाएका केही अवसर सदुपयोग हुन नसक्दा पनि पराजित हुनु परेको बताए ।

मनाङका प्रशिक्षक फुजा टोपले आफ्नो टिमले आफ्नो रणनिती अनुसार खेल प्रर्दशन गरेको हुँदा जित हात पार्न सफल भएको बताए । पुलिस विरुद्धको खेलमा उत्कृष्ट खेल प्रर्दशन गरी जित निकाल्ने उनले दाबी गरे । आहा रारा गोल्ड कपमा ९ पटक सहभागि भएको मनाङले ५ पटक विजेता भइ सकेको छ । फाइनल खेल चैत १गते हुनेछ

सम्बन्धित न्यूज

Back to top button