पोखरामा सन्देशमुलक फेसन शो

पोखरा। पोखरामा फरकखालको फेसन शो आयोजना भयो । फरक क्षमता भएका नारीहरुलाई अगाडि बढ्न प्रेरित गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको थियो । फरक क्षमता भएका व्यक्तिलाई साथ, सहयोग, सर्पोट खाँचो छ । कोही पनि कमजोर छैनन् भन्ने सन्देश बोकेको फेसन शो मा उनीहरुले आफ्नै शैलीमा क्याटवाल्क गरे ।

उनीहरुलाई उत्साहित बनाउन दर्शकको साथ महत्वपुर्ण थियो । ‘वाल्क टुगेदर, वर्क टुगेदर, लेट्स मुभ टुगेदर’ भन्ने थिममा कार्यक्रम भएको हो । फेसन शो मा फरक क्षमता भएका मात्र नभएर सपागं र बालबालिका समेत फरक–फरक चारवटा सिक्वेन्स मार्फत दर्शकमाझ देखिए । पोखरा चिप्लेढुङ्गामा रहेको आईएफसी कलेज अफ आर्ट एण्ड फेसनले कार्यक्रमको आयोजना गरेको थियो ।

फरक क्षमता भएकाको सिकेन्समा काठमाण्डौका सुजल बम, अमृता ज्ञवाली, रजनी राई, रुपा पहारी तथा पोखराका अन्जना गुरुङ, मञ्जु न्यौपाने, सावित्रा राना, नविना खड्का, लक्ष्मी भण्डारी, सोनिमा गुरुङ, सिम्रन श्रेष्ठ, सुष्मा तामाङ, रितु पौडेल फरक क्षमता भएका सइसा गुरुङ, इशा पोखरेल र अन्जना गुरुङ देखिए ।

उनीहरुलाई कोरियोग्राफीमा एलिना गुरुङ, सुमित्रा गुरुङ, इलिना गुरुङ, अन्जली गुरुङ, अन्जान दुरा मगर, सप्ना हमाल,सविना गुरुङ, विनिता सुनार, मेलिना श्रीस, योगेश थापा, सुरुचि थापा, मलिना गुरुङले सघाए । फेसन शोमा बेबी मोडलको छुट्टै सिक्वेन्स थियो । नेसन चन्द, दिप्सन रानाभाट, कृतिका गुरुङ, मना निसिजिमा, एलिश गिरी, सइसा गुरुङ, रिन्सिका गुरुङ, समृद्धि गुरुङ, आहुती गोगन्जुले र्याम्प वाल्क गरे ।

अर्को सिक्वेस बल गाउन सिक्वेन्स थियो । जुन सिक्वेन्स मार्फत सजिना कायस्थ, पुर्णिमा गुरुङ, हेमन्त गुरुङ, मुना पौडेल, लक्ष्मी कुमारी रैका मगर, माया थापा मगर, पुनम गुरुङ, पुजा शाही, सरिता तिमिल्सिना रेग्मी, तारा गुरुङले क्याटवाल्क गर्दै दर्शकमाझ देखिए ।
अन्तिम सिक्वेन्स महिला शसक्तिकरण थिममा थियो । जसमा विभिन्न ६ वटा गुप्रमा मोडलहरुले स्टेजमा क्याटवाल्क गरे ।

यसरी क्याटवाल्कगर्नेमा जमुना कार्की, मनिषा पाण्डे, इशा पोखरेल, पवित्रा खड्का, एलिसा बुढामगर, अस्मिता बराल, भावना श्रेष्ठ, स्टेभन थापा, सोनिया केसी, अबिता पहारी, सलिना कायस्थ, मुना गुरुङ, ज्योती गुरुङ, शक्ति गुरुङ, शर्मी थापा, सुमिना गुरुङ थिए ।

यसैगरी उषा खड्का, दिपा वानिया, रिता श्रेष्ठ, भारती गुरुङ, अरुणा आले, दिपा थापा, अस्मिता शेरचन, चिजा परियार, निशा गुरुङ, मुना पौडेल, द्रोपती गुरुङ, सविना चौधरी, रशिका पुन, बबिता गौतम, कमला गुरुङ, विनिता गुरुङ, खिम कुमारी खाँड शाही, डेनी पुन, दुर्गा गुरुङ, मोनिका घले, अर्पना परियार, पवित्रा नेपाली, अमृता आले र सिता राना समेत क्याटवाल्क मार्फत देखिए । फेसन शो को मुख्य कोरियोग्राफर आशिका चन्द रहेकी थिइन् ।

शो को थप आर्कषणमा फरक क्षमता भएका सुजल बम र अन्जना गुरुङको नृत्य तथा हिता गुरुङ गायन प्रस्तुती रहेको थियो । कार्यक्रम पोखरा न्युरोडको सिटी स्क्वायर बैकुंटमा दुई घण्टासम्म चलेको थियो ।

फेसन सोका केहि तस्बिरहरु-

सम्बन्धित न्यूज

Back to top button