आहा रारा र सहारा एकेडेमीको अक्षयकोषमा सहयोग रकम आउने क्रम जारी

पोखरा।  पोखरामा १८ औं संस्करणको आहा रारा गोल्ड कप जारी रहदा प्रतियोगिता र सहारा एकेडेमी संचालनार्थ स्थापना गरिएको सहारा एकेडेमीको अक्षयकोषमा सहयोग रकम आउने क्रम जारी रहेको छ ।

उक्त प्रतियोगिताको अवसरमा विभिन्न देशबाट पोखरा आएका क्लबका शुभचिन्तक तथा क्लबका भातृसंस्था एवं पोखरेली नागरिक र विभिन्न संस्थाबाट सहयोग रकम आउने क्रम जारी रहेको क्लबका महासचिज रामजि प्रसाद अधिकारीले बताए । सहारा हङकङबाट उक्त प्रतियोगिताको लागि २ लाख ७ हजार ४ सय ५० रुपैया सहयोग प्राप्त भएको छ ।

सहारा हङकङका अध्यक्ष दीपक गुरुङ, पूर्व प्रमुख सल्लाहकार दुर्गा गुरुङ लगायतबाट उक्त सहयोग प्राप्त भएको क्लबले जनाएको छ । प्रतियोगिताको लागि पोखराको बाजा पाटनस्थित संगम क्लवले ३० हजार, त्यसै गरी क्लनका शुभेच्छुक तेज बहादुर गुरुङले १० हजार, रोशनी कार्कीले ५ हजार, कुमार गुरुङले १० हजार, पूर्व राष्ट्रिय फुटबल खेलाडी रमेश कुमार गुरुङले १५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका छन्। त्यसै गरी अक्षयकोषलाई एनआरएन हङकङका अध्यक्ष एवं सहारा क्लब हङकङका प्रमुख सल्लाहकार टिका गुरुङ (राधिका) बाट १ लाख सहयोग प्राप्त भएको छ ।

हाल बेलायत बसोवास गर्दै आएका माया गुरुङ, पार्वती गुरुङ, बत्ती गुरुङबाट एक लाख र गंगा देवी गुरुङबाट ५५ हजार ५ सय, बेलायतका मिलन ध्वज तमुबाट ५० हजार, सहारा युकेका सदस्य अमृत गुरुङबाट ५० हजार ५ सय रुपैया उक्त अक्षयकोषमा प्राप्त भएको महासचिव अधिकारीले जनाए ।

त्यस्तै बेलायतबाट रुपा गुरुङबाट ५१ हजार १ सय १३, विनोद गुरुङबाट ५१ हजार, काजमान गुरुङबाट ५१ हजार, गुमन सिंह गुरुङबाट २५ हजार रुपैयाँ उक्त अक्षयकोषमा प्राप्त भएको छ ।

सम्बन्धित न्यूज

Back to top button