पोखरा ट्रेड मलमा ग्राहकको ज्वरो नापिदै

पोखरा ।  पोखरा ट्रेड मलले कोरोना भाइरस (कोभिड–१९) को  सावधानीका लागि  मलमा प्रवेश गर्ने  ग्राहकको  ज्वरो नाप्ने  कार्यको शुरुवात गरेको गरेको छ ।

कोरोनाको संक्रमण फैलन नदिनको लागी मलले सर्तकता अपनाउदै  कोरोना संक्रमण मध्येको एक ज्वरो  नापेर सावधानी अपनाइएको  मलका प्रवन्ध संचालक श्री मिनराज काफ्लेले बताए ।

मलमा शरिरको तापक्रम नाप्ने , मल भित्र रहेका रेष्ट रुमहरुमा प्रत्येक घण्टा विशेष सरसफाई र सार्बजनिक स्थान, भर्याङ् , लिफ्ट,स्कालेटर तथा अन्य भागहरुमा बिशेष सरसफाई गर्ने गरिएको संचालक  काफ्लेले जानकारी दिए ।

सम्बन्धित न्यूज

Back to top button