कोरोना असर : बेलायतमा इपिएल, दिल्लीमा आइपिएल स्थगित

पोखरा न्यूज । कोरोना भाइरसको असरले गर्दा बेलायतको इङ्गलिस प्रिमियर लिग, भारतको इन्डियन प्रिमियर लिगलगायत विश्वभरका खेल गतिविधि प्रभावित हुने भएको छ ।

इपिएलका अनुसार प्रतियोगिताका सबै खेल कम्तिमा अप्रिल ३ सम्मका लागि स्थगित गरिएको छ । त्यस्तै त्यहाँको फुटबल एसोसिएसनले इङ्गल्यान्डको इटाली र डेनमार्कविरुद्धको अन्तर्राष्ट्रिय खेलहरु पनि स्थगित गरेको छ । स्थगित गरिएका अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा च्याम्पियन्स लिगका यो साताका खेलहरु, फ्रेन्च लिग वानका खेलहरु रहेका छन् ।

यस्तै क्रिकेट खेल अन्तर्गत भारतको प्रख्यात इन्डियन प्रिमियर लिग कम्तिमा अप्रिल १५ सम्मका लागि स्थगित गरिएको छ । यसअघि दिल्ली सरकारले दिल्लीमा खेलकुदलगायत अन्य सार्वजनिक कार्यक्रम गर्न प्रतिबन्ध लगाएको थियो । क्रिकेटकै इङ्गल्यान्ड र श्रीलंकाबीचको टेस्ट शृङ्खला पनि कोरोना भाइरसको कारण देखाउदै रद्द गरिएको छ ।

यता फर्मुला वान अन्तर्गत पेरिसमा फ्रेन्च ग्रापि, सोलमा कोरियन ग्रापी, जाकार्ता इन्डोनेसियन ग्रापि र अस्ट्रेलियन ग्रापि पनि स्थगित गरिएको छ ।

सम्बन्धित न्यूज

Back to top button