राष्ट्रिय बाणिज्य बैंकद्धारा गण्डकी प्रदेशमा तालिम आवेदन खुल्ला

पोखरा । नेपालको सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकले बैंकिङ विषयमा प्राविधिक तथा व्यवहारीक ज्ञान दिने उद्धेश्यले गण्डकी प्रदेशमा पनि आवेदन खुल्ला गरेको छ ।

आरबीबी इमपावरमेन्ट एकेडेमी अन्तर्गत  बैकिङ क्षेत्रमा रोजगारीको रुपमा जानु पूर्व आवश्यक पर्ने सिप र व्यवहार प्रदान गर्नको लागि बैंकले गण्डकी प्रदेशका लागि शुक्रबारदेखि १० दिनसम्म नि:शुल्क रुपमा आवेदन खुल्ला गरेको  जानकारी पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गराइयो ।

व्यवस्थापन संकाय तर्फ स्नातक उत्रिण गरेका वा अन्तिम परिक्षा दिएर बसेका तथा स्नातकोत्तर अध्ययन गरेका २८ बर्ष उमेर पुगेका र  ५० प्रतिशत अंक प्राप्त गरेकालाई प्रथामिकता दिने भएको बैंकका डि.सिइओ केशव प्रसाद लम्सालले बताए । उनका अनुसार आवेदन फारम बैंकको वेवसाइडमै रहेकाले त्यहीबाटै नि:शुल्क रुपमा भर्न सकिनेछ, आवेदन दिएका मध्ये समावेशी रुपमा हेरेर ५० जनालाई मात्र छनौट गरिनेछ ।

फाइनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको एकेडेमीले यस अघि प्रदेश नम्बर एक, दुई र बागमती प्रदेशमा आवेदन लिई केहीलाई तालिमसमेत दिइसकेको छ । बैंकले चौथो चरणको कार्यक्रम गण्डकी प्रदेशमा शुरु गर्न लागेको हो । बैंकले पहिलो चरणमा छनौट पश्चात तीन दिने तालिम दिने र दुई महिनाको पेड इन्टर्नसीपमा राखिने भएको डिसिइओ लम्सालले जनाए ।

संस्थाले सामाजिक उत्तरदाहित्व अन्तर्गत आफ्नो नाफाको एक प्रतिशत यस्तै क्रियाकलापमा खर्च गर्ने भएको उनले जनाए । उनका अनुसार संस्थाले करिब एक करोड सामाजिक क्षेत्र अन्तर्गत वृद्धाश्रम, धार्मिक क्षेत्र, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा लगानी गर्ने भएको छ ।

राष्ट्रिय बाणिज्य बैंक गण्डकी प्रदेश प्रमुख ऋषिराम ढकालले गण्डकी प्रदेशमा वित्तीय अनुशासन पालना भएको बताए । गण्डकी प्रदेशमा बैंकको खराब कर्जा ०.८५ प्रतिशत रहेको उनले जनाए । बैंकमा काम गर्न चहाने व्यक्तिहरुको लागि आधारभूतदेखि व्यहवहारिक ज्ञान दिने हुँदा कार्यक्रम नयाँ रोजगार दाताको लागि निकै फलदायी हुने उनले दाबी गरे ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले युवा लक्षित कार्यक्रममा प्रदेशमा ५० मात्र भन्दा धेरै सङख्यामा छनौट सहितको तालिम दिन आग्रह गरे ।

सम्बन्धित न्यूज

Back to top button