ट्रक र जीप ठोक्किँदा नवविवाहित दम्पतीसहित ११ को मृत्यु

भारत । भारतको राजस्थानमा ट्रक र जीप ठोक्किँदा नविवाहित दम्पतीसहित ११ जनाको मृत्यु भएको छ ।

राजस्थानको जोधपुर अन्तर्गत बलोत्रा- फलोडी राजमार्गमा ट्रेलर ट्रक र बोलेरो क्याम्पर एकापसमा ठोक्किँदा ६ महिलासहित ११ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भर्खरै विवाह गरेर रामदेओरा मन्दिर जाँदै गरेका एक जोडी पनि रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा मर्नेमा ४ पुरुष र १ बालक रहेको तथा अन्य ३ जना घाइते भएको पनि जनाइएको छ ।

घाइतेहरुको जोधपुरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना पछि ट्रक र बोलेरोमा अड्किएका मृतकहरुको शव क्रेनको सहायताले निकालिएको थियो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Back to top button