चट्याङ लागेर २ जनाको मृत्यु

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेलाई अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । मृतक पुन र गर्बुजा छिमेकी हुन् । -रासस

 

सम्बन्धित न्यूज

Back to top button