रानी शाक्यको गीत ‘को हो त्यो’ सार्वजनिक (भिडियोसहित)

पोखरा न्युज । गायिका रानी शाक्यको नयाँ गीत ‘को हो त्यो’ सार्वजनिक भएको छ । गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द गोविन्द प्रसाद उपाध्यायको हो । बिक्रम थापाले संगीतवद्द गरेको यस गीतलाई विशन मानन्धरले संगीत संयोजन गरेका हुन् ।

रोमान्टिक फ्लेवरको यस गीतमा एक युवतीले आफुलाई मन पर्ने मान्छेले सपनामा आएर आफुलाई सताएको र आफ्नो निद्रा चोरी लगेको वर्णन गरिएको छ । गीतलाई ओएसआर डिजिटलको अफिसिएल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतको म्युजिक भिडियो समेत दर्शकले रुचाएका छन् । सुबल थापाले कोरियोग्राफी गरेको भिडियोमा एलिशा शर्मा र कमल सिंहको अभिनय हेर्न पाइन्छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । जीवन शाहीको निर्देशनमा भिडियो तयार भएको हो ।

हाल अमेरिकामा बस्दै आएकी शाक्य पेशाले चिकित्सक हुन् । उनका ’मेरो प्रियतम’ , ’हरपल तिम्रो’ , ’यो वैँशको मात’, ’सुरुवात’, ’पहिलो माया’, ’कथा’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन् ।

चर्चित संगीतकार मधु क्षेत्री, ओम कर्माचार्य, न्ह्यू बज्राचार्य, अरुण तिवारी, सहदेव ढुंगाना, बिक्रम थापाको संगीतमा र चर्चित गीतकार रमण घिमिरे, लक्ष्मी श्रेष्ठको शब्दमा आफ्नो स्वर दिइसकेकी गायिका शाक्यले हाल सम्म गायिका शाक्यले १७ बढी गीत सार्वजनिक गरिसकेकी छिन । अमेरिकामा रहेर गीत संगीतमा क्रियाशील शाक्यले आफ्नो नयाँ गीतले दर्शक श्रोताको मन जित्ने विश्वास रहेको छ ।

सम्बन्धित न्यूज

Back to top button