चैत लागेसँगै सुनको मूल्य ओरालो लाग्यो

पोखरा। चैत महिना शुरु भएसँगै सुनको मूल्यमा ओरालो लागेको छ ।

तोलामा १५ सयले गिरावट आउँदै आइतबार छापावाल सुन ७७ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । फागुन महिनामा तोलाको ८२ हजार ७ सयको उच्च विन्दुसम्म पुगेको सुनको मुल्यमा पछिल्लो केही दिनमा भने ओरालो ट्रेन्ड लागेको छ । अघिल्लो बिहिवारदेखि आइतबारसम्म सुनमा ४७ सयले गिरावट आएको छ ।

आइतबार तेजाबी सुन तोलाको ७६ हजार ७ सय तथा चाँदी तोलाको ७ सय ९० मा कारोबार भएको छ । चाँदीको मुल्यमा पनि पछिल्लो एक सातामा १ सय रुपैयाँले गिरावट आएको छ ।

चीन अमेरिका व्यापार युद्ध देखि नै अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको सुनको मूल्य कोरोना भाइरसको प्रभावका कारण चुलिएको थियो । चीनमा कोरोनाको घट्दो प्रभावले लगानीकर्तालाई प्रभावित पार्दा सुनको मूल्य घटेको अनुमान गरिएको छ ।

सम्बन्धित न्यूज

Back to top button