भारतले मोबाइल फोन र तिनका पार्ट्समा कर बढायो

भारत। भारतले मोबाइल फोन र तिनका पार्टपुर्जामा लाग्ने करमा वृद्धि गरेको छ ।

भारतीय अर्थमन्त्री निर्मला सिथारमनले शनिबार मोबाइल र तिनका पार्टपुर्जामा हाल कायम १२ प्रतिशत करलाई बढाएर १८ प्रतिशत पुर्याएको जानकारी दिएकी हुन् । य

ससँगै भारतमा अब मोबाइल फोनहरु अझै महङ्गो हुनेछन् । विशेष गरी एप्पल, सामसुङ तथा चिनियाँ कम्पनीका फोनहरुको मूल्यमा वृद्धि आउने जनाइएको छ ।

भारत सरकार यसअघि पनि वर्षको शुरुवातमा मोबाइल फोनमा लाग्ने आयात करमा वृद्धि गरेको थियो । भारतको यस कदमसँगै नेपालमा पनि मोबाइल फोन तथा तिनका पार्टपुर्जाको मूल्य बढ्नेछ ।

सम्बन्धित न्यूज

Back to top button