पोखराको किङ्स लाउन्जमा ‘द एक्स ब्याण्ड’को कन्सर्ट हुने

पोखरा । पोखरा लेकसाइडमा रहेको किङ्स लाउन्ज पोखरामा चैत्र ८ गते शनिबार लाइभ कन्सर्ट हुने भएको छ । साँझ हुने कार्यक्रममा ब्रिजेश, विजेन र वियोनको लाइभ प्रस्तुती आर्कषणको रुपमा रहेको छ । उनीहरुको प्रस्तुतीमा रम्दै झुम्ने अवसर मिल्नेछ ।

किङ्स लाउन्जमानै नेपाली नयाँ वर्ष २०७७ को अवसर पारेर चैत्र ३० गते द एक्स ब्याण्डको लाइभ कर्न्सट आयोजना गर्ने लाउन्जले जनाएको छ ।  यस अगाडी गएको शिवरात्रीको अवसरमा लाउन्जमा ईश्वर गुरुङ्ग (नमस्ते ब्याड), दीप श्रेष्ठ, सुबर्ण लिम्बू, गंगा बरदान, यम बराल, अमर गुरुङ्ग, १९७४ एडीका निराकर, एडिन प्रधान, मनोज के.सी.का साथै अमेरिकन पिस पिट ब्यान्ड (जापान) को बृहत जमघट भएको थियो ।

पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा आएको किङ्स लाउञ्ज पोखराले ग्राहकलाई स्वादिष्ट परिकारहरु सुपथ मुल्यमा प्रदान गर्दै आएको बताएको छ । वर्थडे, एनिभर्सरी, फेयरवेल लगायतमा गेट टुगेदर गर्न पुग्नेलाई निःशुल्क केक उपलब्ध गराउँदै आएको लाउन्जले हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागि महिलाहरुलाई निःशुल्क ककटेल उपलब्ध गराउने गरेको छ । लाउञ्जमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद चाख्न पाइन्छ ।

किङ्स लाउन्ज पोखराले कोरोना भाइरस नियन्त्रणका लागि उच्च शतर्कता समेत अपनाउने गरेको छ । लाउन्जले आफ्ना ग्राहकहरुको स्वास्थ्यको ख्याल राख्दै प्रवेशद्धारम ग्राहकहरुको तापक्रम नाप्न थर्मल स्क्यानरको व्यवस्था गरेको छ । कोरोना संक्रमण नहोस भनेर थर्मल स्क्यानरका साथै लिक्विड स्यानीटाइजर एजेन्ट स्प्रे पनि प्रयोगमा ल्याएको किङ्स लाउन्ज पोखराका अध्यक्ष वसन्त गौचन थकालीले जनाए । उनले लाउन्जमा पुग्ने ग्राहकको थर्मल स्क्यानीङ गरेर किटाणु नासक स्यानीटाइजर स्प्रे लगाएर मात्र लाउन्जमा प्रवेश गराईने बताए ।

 

सम्बन्धित न्यूज

Back to top button