युरोपका राजपरिवारले कति पाउँछन् त वार्षिक खर्च ?

पोखरा न्यूज । नेपालमा राजसंस्था ढलेको एक दशक भन्दा बढी भइसकेको छ तर नेपालको तुलनामा निकै विकसित एवम् धनाढ्य पश्चिमा युरोपका कैयौं राष्ट्रमा अझै पनि राजसंस्थाले नियमित गतिविधिका लागि सार्वजनिक स्रोतबाट खर्च पाउने गर्दछन् ।

युरोपमा दश देशमा राजसंस्था रहेकोमा लिचेस्टाइनबाहेक अन्य नौ राष्ट्रमा राजसंस्थाले पब्लिक फन्डिङ प्राप्त गर्ने गर्छन् । यी राष्ट्रले वार्षिक रुपमा कति पाउँछन् त फन्डिङ, हेरौँ

१. बेलायत – बेलायतको राजसंस्था विश्वमै सर्वाधिक ठूलो तथा धनी राजसंस्था हो । महारानी एलिजावेथ द्वितीयको नेतृत्वको यो राजसंस्थामा हाल १९ फुलटाइम सदस्य छन् । यो राजसंस्थाले सन् २०१८-१९ मा १० करोड ९० लाख डलर फन्डिङ पाएको थियो । राजसंस्थाले आगामी १० वर्षसम्म बकिङ्घम प्यालेसको पुनर्निर्माण लगायतका सबै जिम्मेवारी उठाउनु भने पर्नेछ । पछिल्लो समय राजपरिवारका दुई सदस्य ह्यारी र मेगनले राजसंस्था छाडेर स्वतन्त्र जीवन बिताउने घोषणा गरेका थिए ।

मोनाको – मोनाकोको राजसंस्थामा चार पुर्णकालिन सदस्य रहेका छन् । सन् २०२०मा प्रिन्स अलबर्ट द्वितीयको नेतृत्वको मोनाको राजसंस्थाले ५ करोड ४४ लाख डलर खर्च प्राप्त गरेको थियो जसमध्ये १ करोड ४६ लाख डलर अलबर्टलाई तथा बाकिँ प्रशासानिक कार्यमा खर्च हुनेछ ।

नेदरल्यान्ड – डच राजसंस्थामा १० पुर्णकालिन सदस्य रहेका छन् । राजा विलेम एलेक्जेन्डरमो नेतृत्वको डच राजसंस्थाले सन् २०२० मा ४ करोड ९२ लाख डलरको कोष प्राप्त गरेको थियो जसमध्ये राजाको भागमा ६५ लाख डलर परेको थियो ।

नर्वे – नर्वेको राजसंस्थामा दुई बालबालिकासहित ७ पुर्णकालिन सदस्य रहेका छन् । राजा हेराल्ड पाचौँको नेतृत्वको सो राजसंस्थाले २०१९ मा ४ करोड ८७ लाख फन्डिङ पाएको थियो जसमध्ये राजारानीको भागमा १ करोड ४० लाख परेको थियो ।

बेल्जियम – राजा फिलिपको नेतृत्वको बेल्जियमको राजसंस्थाले सन् २०१८ मा १ करोड ४६ डलरको कोष पाएको थियो । कोषको पैसा व्यक्तिगत तथा प्रशासनिक खर्चमा प्रयोग गरिएको थियो ।

डेनमार्क – डेनमार्कको राजसंस्थामा ९ पुर्णकालिन सदस्य रहेका छन् । रानी मार्गरेथ द्वितीयको नेतृत्वको सो राजसंस्थाले सन् २०१८ मा १ करोड २२ लाख डलरको फन्डिङ हासिल गरेको थियो ।

लक्जेम्बर्ग – चार पुर्णकालिन सदस्य रहेका लक्जेम्बर्जको राजसंस्थामा ग्रान्ड ड्युक हेनरीको नेतृत्व रहेको छ । उक्त राजसंस्थाले सन् २०१९ मा १ करोड १८ लाख डलरको कोष प्राप्त गरेको थियो ।

स्वीडेन – स्वीडेनको राजसंस्थामा ९ पुर्णकालिन सदस्य रहेका छन् । कार्ल गुस्ताफको नेतृत्वको सो राजसंस्थाले सन् २०१९ मा ७५ लाख डलर खर्च पाएको थियो ।

स्पेन – अन्य देशको तुलनामा सानो रहेको स्पेनको राजसंस्थामा चार जना मात्रै पुर्णकालिन सदस्य रहेका छन् । राजा फिलिपीको नेतृत्वको उक्त राजसंस्थाले सन् २०१८ मा स्पेनको बजेटबाट ८८ लाख डलर खर्च हासिल गरेको थियो ।

सम्बन्धित न्यूज

Back to top button