चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा दिनेश सिटौला

काठमाण्डौ। चलचित्र पत्रकार संघ नेपाल आठौँ अधिवेशनबाट अध्यक्षमा दिनेश सिटौला चयन भएका छन् । सोमबार काठमाण्डौमा भएको निर्वाचनमा सिटौलाले ७० मत प्राप्त गरी विजयी भएका हुन् ।

नेतृत्वको लागि कुल ४ जनाको उम्मेदवारी परेको थियो । अध्यक्ष पदमा उम्मेदवारी दिएका डब्बु क्षेत्रीले ३९, अनिल यादवले १४ र गिता अधिकारीले १४ मत पाएका थिए । निर्वाचनमा कुल १ सय ३८ मत खसेको थियो ।

उपाध्यक्ष महिलामा दिपज्योती थापा र उपाध्यक्ष संगठनमा कुबेर डंगोल निर्विरोध निर्वाचित भए । उपाध्यक्ष कार्यक्रमतर्फ ७४ मत प्राप्त गर्दै जीवन पराजुलीले बाजी मारे । सो पदका अर्का उम्मेदवार कुबेर गिरीले ७३ मत प्राप्त गरे । महासचिवमा ८८ मतका साथ समीर बलामी विजयी भए । उनीसँग प्रतिस्पर्धा गरेका बैकुण्ठ पराजुलीले ५० मत प्राप्त गरे ।

सचिवमा १ सय ५ मतका साथ रघुनाथ सापकोटा विजयी बने । उनका निकटतम् प्रतिष्पर्धी आकाश खड्काले ३१ मत पाए । समाबेशी सचिवमा विशाल हसिन राई र कोषाध्यक्षमा प्रदिप कार्की निर्विरोध निर्वाचित भए। सहकोषाध्यक्ष पदमा ७२ मतका साथ विनोद पोखरेल विजयी भए । सो पदका अर्का उम्मेदवार कुमार आचार्यले ६० मत प्राप्त गरे ।

कार्यसमिति सदस्य महिलामा सुरक्षा भट्टराई निर्बिरोध चयन भइन् । खुल्ला सदस्यमा नवीन गिरी १ सय ५ मत, मनिष अन्जान ८२ मत, मिलन ढुंगाना ७६ मत, गोपी कृष्ण चापागाईले ७५ मत, आशिष ओलीले ६९ मत र सृष्टि पोखरेले ६६ मत प्राप्त गरेर निर्वाचित बने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button