बिहीबार देशभरका अदालत बन्द हुने !

पोखरा न्यूज । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको आज भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै उनको शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि आज बुधबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनको शोकमा बिहीबार सम्पूर्ण अदालत तथा न्यायाधिकरण बन्द गर्ने निर्णय गरेको हो ।

धनकुटा जिल्लामा १९८९ साल चैत ३० गते जन्मेका श्रेष्ठ न्याय सेवामा शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश भएका थिए  ।

उनले कोउमेरहदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त भएका थिए सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनले न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति भएको र मुलुकले देवानी कानूनका क्षेत्रका विशेष दख्खल राख्ने एक निर्भीक, अत्यन्त मिलनसार र मृदुभाषी व्यक्तित्व गुमाएको उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button