कोरोना सतर्कता : मनकामना केबलकार बन्द हुने

पोखरा । मनकामना दर्शन प्रालिले चैत महिनाभरका लागि केबलकार बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्मका लागि केबलकार बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

मनकामना मन्दिर दर्शनका लागि केबलकार मार्फत सयौंको संख्यामा दर्शनार्थीको आवाज जावत हुने भएका कारण कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै केबलकार बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन समेत दिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button