पोखराको लामाचौरमा युवक मृत फेला

पोखरा ।  पोखरा महानगरपालिका-१६  स्थित लामाचौरमा बिहीबार एक युवा मृत अवस्थामा फेला परेका छन् ।

रोल्पा घर भइ लामाचौर बस्दै आएका २७ वर्षीय युवक  सुनिल पुन मगर मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  बुधवार बेलुका खाना खाएर सुतेका उनि  बिहीबार बिहान मृत फेला परेका हुन्  ।

बिहीबार बिहान अचेत अवस्थामा भेटिएका मगरलाई  उपचारको लागि मातृ शिशु अस्पताल लगिएकोमा  चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button