मुक्तिनाथ दर्शन गर्न हिडेका तनहुँका एक युवक मृत भेटिए

पोखरा ।  मुक्तिनाथ मन्दिर  दर्शन गर्नका लागि भनेर हिडेका  तनहुँका एक युवक मृत भेटिएका छन् ।

तनहु भिमाद नगरपालिका का (वडा नखुलेको) २८ बर्षीय  जित बहादुर रानाभाट मुस्ताङको  थसाङ गाउँपालिका-३ खाङ्लो होटल नजिक कालीगण्डकी नदीको किनारमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

चैत ३ गते मुक्तिनाथ मन्दिर दर्शन गर्न भनि हिडेका रानाभाटको शव  नदीको किनारको पानीमा घोप्टो परेर  रहेको अवस्थामा भेटिएको  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button