‘मरेर के लानुछ’ भन्दैछन् चेतन राई (भिडियोसहित)

पोखरा । केहि वर्षको अन्तरालमा गायक चेतन राईले नयाँ गीत ‘मरेर के लानु छ’ सार्वजनिक गरेका छन् । उनले गीतलाई आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । गीतको रचना र संगीत सुर्य रुम्बाको हो ।

एरेन्ज विजेश्वर तण्डुकारले गरेका हुन् ।  भिडियोमा अभिनेत्री सरिता लामिछाने, आयान बज्राचार्य, प्रज्ञादीप राई, डा. सुबान्त के कुशुवाहको अभिनय हेर्न सकिन्छ । फराज अपर्णद्धारा निर्देशित म्युजिक भिडियोले दर्शकको माया पाउने गायक राईको विश्वास छ ।

यो गीत उनको यो वर्ष सार्वजनिक गरिने तेस्रो एलबम ‘स्टेप’मा समाबेश हुनेछ । सन् २०१० मा पहिलो एलबम ‘सेभेन’ दर्शक श्रोतामाझ पस्केका उनले सन् २०१५ मा दोस्रो एलबम ‘साउण्ड’ निकालेका थिए ।

हाल जापानमा बस्दै आएका उनले नेपाल आएको छेको पारी यो गीत तयार पारी सार्वजनिक गरेका हुन् । तेस्रो एलबम ‘स्टेप’ यहि वर्ष दर्शक श्रोतामाझ पस्कने तयारी भएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button