पूजा गर्ने क्रममा आगलागी हुँदा एक वृद्धाको जलेर मृत्यु

सुनसरी । सुनसरीमा एक वृद्धाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १६ का ९० वर्षीया आशादेवी राना रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आफ्नै घरको पूजा कोठामा पूजा गर्ने बेला धूपबत्तीबाट आफैले लगाएको लुगामा अचानक आगो लागेको थियो ।

आगो लागेपछि गम्भीर घाइते भएकी आशादेवीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button