अष्ट्रेलियामा नेपाल चिनाउने फेसन शो (फोटोफिचर)

पोखरा । अष्ट्रेलियाको सिड्नीमा नेपाल चिनाउने हेरिटेज अफ फेसन २०२० कार्यक्रम सम्पन्न भएको छ ।

एएसएपी इन्टरटेनमेन्टको आयोजनामा भएको फेसन शो मा नेपाल सहित भारत, चिन, अष्ट्रेलिया, न्युजिरल्याण्ड, कोरिया, फिलिपिन्स आदी देशका कुल ३५ जना मोडलहरु र्याम्प वाल्कमा देखिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले जनाए ।

उनीहरु विभिन्न ९ सिक्वेन्स मार्फत र्याम्प वाल्कमा प्रस्तुत भएको अधिकारीको भनाइ छ । नेपाली पोशाक र नेपाली कला संस्कृतिलाई प्रवासमा प्रवद्र्धन गर्ने उद्धेश्यका साथ कार्यक्रम गरिएको निर्देशक अधिकारीले जनाए । सहभागी मोडल अडिसन मार्फत अष्ट्रेलियामानै छनोट गरिएको थियो।

नेपालका विभिन्न जातजातीले लगाउने पोशाक सहित नेपाल झल्काउने थिममा सजिदै मोडलहरु ¥याम्प वाल्क मार्फत दर्शकमाझ प्रस्तुत भए । फेसन शो को शो टपर चर्चित मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका थिए ।

यसअगाडि एएसएपी इन्टरटेनमेन्टले पोखरामा हेरिटेज अफ फेसन नेपाल नामको फेसन शोे आयोजना गरेको थियो । जुन फेसन शो मा नेपालका विभिन्न ठाउँका महिला तथा पुरुष गरी कुल २७ जना मोडलहरुले ¥याम्प वाल्कमा देखिएका थिए ।

अष्ट्रेलियामा भएको कार्यक्रमको टिकट बिक्रीबाट उठेको केहि रकम अष्ट्रेलियन रुलर फाइर फाइटरलाई उपलब्ध गराइने आयोजकले जनाए । फेसन शो मार्च १४ तारेखमा अष्ट्रेलियाको सिड्नीमा रहेको सोफिटेल होटलमा भएको हो ।

फेसन शोका केहि तस्बिरहरु:

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button