कोरोना भाइरस रोकथाम सम्बन्धी लोकदोहोरी गीत (भिडियोसहित)

पोखरा ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको व्यवस्थापनमा कोरोना भाइरस रोकथाम सम्बन्धी लोकदोहोरी गीत तयार भएको छ । यो कोरोना भाइरस रोकथामका लागि जनचेतना प्रदान गर्न तयार पारिएको सन्देशमुलक गीत हो । गीत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको संयुक्त प्रस्तुतीमा सार्वजनिक गरिएको छ ।

गीतमा आवाज सुमधुर स्वरका धनी लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने सहित माया गुरुङ, ज्योती लोहनी र इश्वर सिंहको रहेको छ । गीतको शब्द र लय संकलन न्यौपानेकै हो । तेजेन्द्र गुरुङले एरेन्ज गरेको गीत डिजिटर स्टार रेर्कडिङ स्टुडियो प्रालीमा रेर्कड भएको हो । गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । गणेश सापकोटाको छायाकंन, सुवास अम्गाईको सम्पादन, भरपुर म्युजिकको उत्पादन, तारानाथ आचार्यको निर्देशनमा भिडियो तयार भएको हो । भिडियोको छायाकंन पोखरा विरौटाको रिमझिम दोहोरी साँझमा गरिएको थियो ।

गीतको भिडियोमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डाक्टर विनोद विन्दु शर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजि सहित गण्डकी प्रदेशका विभिन्न कलाकारलाई देख्न सकिन्छ । गीतका श्रष्टा पुरुषोत्तम न्यौपानेकै युट्युब च्यालन मार्फत यसलाई सार्वजनिक गरिएको हो ।

गीतलाई न्यौपानेको चर्चित गीत मिर्मी मुनी काली थुनेकोको लयमा तयार पारिएको हो । कोरोना भाइरस रोकथामको सचेतना प्रदान गर्ने हेतुले गीत तयार भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले बताए । गीतका श्रष्टा पुरुषोत्तम न्यौपानले आम सर्वसाधरणमा सचेतना आवश्यक परेको ठानेर गीत तयार पारेको जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button