पोखरा लगायत गण्डकीमा प्याराग्लाइडिङका सम्पूर्ण उडान बन्द

पोखरा । पोखरा लगायत गण्डकी क्षेत्रमा  प्याराग्लाइडिङका सम्पुर्ण उडानहरु  बन्द हुने भएका छन ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन गण्डकी प्रदेश भित्र सञ्चालन भएका प्याराग्लाइडिङका व्यवसायिक(टेन्डम) सोलो र प्रशिक्षण लगायतका सम्पूर्ण  उडानहरु बन्द हुने नेपाल हवाई खेलकुद संस्था (ना) ले  जनाएको छ ।

व्यवसायिक प्याराग्लाइडिङहरुको छाता संस्था ‘ना’ ले  चैत १० गते देखि २१ गते सम्म  कुनै पनि उडान नर्गन , नगराउन आफ्ना मातहातका सम्पूर्ण व्यवसायी र पाइलटहरुलाई आग्रह गरेको हो ।

संस्थाका महासचिव बलराम आचार्यले भाइरसको संक्रमण जोखिमबाट  सजग  रहन आग्रह गर्दै सम्पुर्ण व्यवसायी र पाइलटहरुलाई सूचना जारी गरी उडान नगर्न अनुरोध गरेका छन् । सूचनालाई अटेर गर्दै कसैले उडान गरेमा नियमानुसार कार्वाही  गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।

पोखरामा करिब ६० वटा  व्यवसायिक प्याराग्लाइडिङ कम्पनीले उडान भर्दै आएका छन् ।  ३ सय ५० भन्दा बढी पाइलटहरु कार्यरत रहेका पोखरामा पछिल्लो समय  दैनिक  २ सय देखि ३ सय व्यवसायिक उडानहरु हुने गरेको व्यवसायी बताउछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button