बेलायतमा कोरोनाबाट एक नेपालीको मृत्यु

लण्डन।  बेलायतमा बस्दै आएका एक भुतपुर्व गोर्खा सैनिकको कोभिड-१९ बाट मृत्यु भएको छ ।

लण्डन नजिकै ह्यारो शहरमा बस्दै आएका ६६ वर्षीय लिलाबहादुर राईको कोरोना भाइरसबाट १४ मार्चमा मृत्यु भएको जनाइएको छ । राईको नर्थविक पार्क अस्पतालमा मृत्यु भएको हो ।

नेपालमा संखुवासभाको खाँदबारी घर भएका राई लामो समय देखि उतै बस्दै आएको र पहिले देखि नै स्वास्थ्यमा समस्या देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

हाल उनको परिवारलाई क्वारेन्टिनमा राखिएको छ । पछिल्लो आँकडा अनुसार बेलायतमा कोरोनाबाट १ सय ७७ को मृत्यु भइसकेको छ भने ४ हजार ९४ जना संक्रमित भएका छन् । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button