माओवादी हमलामा १७ सुरक्षाकर्मीको मृत्यु, १५ घाइते

भारत । भारतको छत्तीसगढमा गएराति भएको माओवादी हमलामा १७ सुरक्षाकर्मीको मृत्यु भएको छ भने अन्य १५ सुरक्षाकर्मी घाइते भएका छन् ।

छत्तीसगढ अन्तर्गत सुक्मा जिल्लाको बस्तार क्षेत्रमा हिजो राती भएको एम्बुस आक्रमणमा परी स्पेसल टास्क फोर्स र जिल्लाको रिजर्भ गार्डका १७ सुरक्षाकर्मीको मृत्यु भएको हो ।

माओवादीले आक्रमण पश्चात् १६ हातहतियार लुटेको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बस्तारको घना जङ्गलमा लुकेर बसेका माओवादीले सुरक्षाकर्मी माथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

निकै दुर्गम जङ्गल तथा खराब मौसमका कारण पठाइएको थप सुरक्षाबल आज दिउँसो मात्र घटनास्थलमा पुगेको जनाइएको छ । पाँच घन्टा लामो चलेको गोलाबारीमा माओवादीतर्फ कती क्षति भयो भन्ने बारे भने केही खुलाइएको छैन । यस आक्रमण भारतीय सुरक्षाबल माथि भएको पछिल्लो दुई वर्ष यताकै भीषण आक्रमण हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button