चलचित्र ‘के घर के डेरा’ निर्माण हुने, छायाकंन सर्यो

पोखरा । चलचित्र ‘के घर के डेरा’ निर्माण हुने भएको छ । यो चलचित्रको निर्देशन युवा निर्देशक सुव्रतराज आचार्यले गर्नेछन् । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराई आदी कलाकारको अभिनय रहनेछ ।

चलचित्रको छायाँकन भने सेड्युल गरिए अनुसार नहुने भएको छ । चैत्र दोश्रो साताबाट छायांकनमा जान तयारी गरेको चलचित्रले परिस्थितिलाई मुल्यांकन गर्दै छायाँकन रोकेको छ । कोरोना भाइरसको कारण छायाकंनको सेडेल परिवर्तन लागिएको निर्देशक आचार्यले जनाए ।

चलचित्रको कार्यकारी निर्माता ताक्पा तामाङ (सिंगे लामा रहेका छन् । शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् । यम प्रसाद ओली सह निर्माता, सफल केसी र प्रतिक गुरुङको पटकथा रहेको चलचित्रको कन्सेप्ट भने निर्माता सिंगे लामाको हो ।

कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर निर्माण हुने चलचित्रलाई दिर्घवीर गुरुङले छायाकंन गर्नेछन् । मित्र डि. गुरुङको सम्पादन रहने चलचित्रमा शंकर थापा ‘स्माइल’ को संगीत तथा गायन, डिपी खनाल तथा सुब्रत राज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ ।

चलचित्र वितरण रोहित रत्न (आरआर फिल्म्स)ले गर्नेछ । साढे तिन दशक अघिको प्रदीप रिमालले निर्देशन गरेको ‘के घर के डेरा’को नाम सापटी लिएर चलचित्र निर्माण गर्न लागिएको हो । यो चलचित्रले सफल निर्देशकको रुपमा स्थापित हुन सघाउने निर्देशक आचार्यको आशा छ । उनले यसअघि दूई चलचित्र निर्देशन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button