पोखराको फेवातालमा शव फेला

पोखरा । पोखराको फेवातालमा एक जनाको शव फेला परेको छ ।

सोमबार बिहान पोखरा- ०६ लेकसाइड गौरीघाट स्थित ३१ नम्बर स्ट्रिट अगाडिको ताल क्षेत्रमा शव फेला परेको प्रहरीले जनाएको छ ।

फेवातालमा तैरिइरहेको अवस्थामा अन्दाजी ३५/४० वर्षीय पुरूषको शव फेला परेको वडा प्रहरी कार्यालय कास्कीका प्रमुख, डिएसपी यादव ढकालले जानकारी दिए । शवलाई शशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले तालबाट निकालेको डिएसपी ढकालले बताए ।

मृतकको हालसम्म सनाखत भएको छैन । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button