पोखरामा भोलिबाट नगर बस सञ्चालनमा समेत रोक, गण्डकी प्रदेशका सबै नाका बन्द

पोखरा । पोखरा नगर क्षेत्रमा संचालन हुने  सार्वजनिक यातायातलाई मंगलबारबाट  रोक लगाइने भएको छ ।

कोरोना भाइरस रोकथाम उच्चस्तरीय निर्देशक समितिको बैठकले   भोलि मंगलबारबाट पोखरामा संचालन हुने नगर बस लगायतका सार्वजनिक यातायातलाई  संचालनमा रोक लगाउने निर्णय गरेको  निर्देशक समितिका स्रोत व्यक्ति डा. बिनोद बिन्दु  शर्माले जानकारी दिए  ।

बैठकको निर्णय सार्वजनिक गर्दै  डा.  शर्माले गण्डकी प्रदेश सरकारले भोलिदेखि सीमानाका पूर्ण रुपमा बन्द गर्ने भएको समेत जनाए  ।

स्याङजाको रामदी, नवलपुरको त्रिवेणी, दाउन्ने, गैडाकोट, तनहूँको मुगलीन, गोरखाको आरुघाट र बेनीघाट, मुस्ताङको कोरला लगायत नाकाबाट  प्रदेशमा भित्रिने  अत्यावश्यक मालसामान बोकेका सवारीसाधन बाहेकका सार्वजनिक सवारीलाई मंगलबारबाट कम्तिमा एक साता प्रतिबन्ध गरिने  उनले बताए ।

सर्वसाधारणमा समेत  निजि यातायातका साधनलाई समेत अत्यावश्यक अवस्थामा मात्र चलाउन र्  सार्वजनिक स्थानमा भिडभाड नगर्न आग्रह  गरिएको डा.  शर्माले जनाए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा बसेको बैठकले लेखनाथमा कोरोना डेडिकेटेड अस्पताल बनाउने , मालेपाटनमा ६० बेडको क्वारेन्टिन केन्द्र बनाउने तथा आवश्यक परेको खण्डमा लामापाटनको सशस्त्र प्रहरी बलको क्याम्प, मातृशिशु अस्पताल र पोखरा रंगशालासमेत क्वारेन्टिनको लागि  प्रयोग गर्ने निर्णय गरेको छ ।

पोखरा लगायत गण्डकीका सबै अस्पतालमा ओपिडी सेवा बन्द हुने

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button