नेपाल पूर्ण रुपमा लकडाउन, ७ दिन घरबाट बाहिर निस्कन नपाइने

काठमाण्डौ । सरकारले भोलि मंगलबारबाट एक सातासम्मका लागि  सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले भोलि बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजे सम्मका लागि  देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो  ।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले  पूर्ण ‘लकडाउन’को निर्णय गर्दै औषधी उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने निर्णय गरेको हो।

सरकारले अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्ण रोक लागउने निर्णय गरेको हो।

स्वास्थ्य सुरक्षा, खाद्यवुस्तु, खानेपानी, दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र सरकारी कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ।

साथै सरकारले आवश्यकता परे अन्य कर्मचारीलाई तत्काल उपस्थित हुने गरि कार्यलय प्रमुखले बिदा दिन सक्ने व्यवस्था गरेको छ। सरकारले निजी क्षेत्रका उद्योग, कलकारखानाका कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ। सरकारले आन्तरिक व्यवसायिक उडान समेत बन्द गरेको छ।

आज मात्र  फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button