कास्कीमा लकडाउन सम्बन्धी ७ बुँदे आदेश, उल्लंघन गरे ६ महिना कैद

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयास स्वरूप गरेको लकडाउनको निर्णय अनुसारनै ७ बुँदे आदेश जारी गर्दै आदेशको पूर्ण रुमपा पालना गर्न आग्रह गरेको छ ।

चैत ११ गतेदेखि चैत १८ गते बिहान ६  बजेसम्म सम्पूर्ण जिल्लाबासिलाई अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको प्रशासनले जनाएको छ । जिल्लामा स्वास्थ्य सुरक्षा लागायतका अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य निजि तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

लकडाउनमा दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, औषधि र ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री वितरण अनिवार्य गर्न आग्रह गर्दै प्रशासनले अन्य पसलहरु बन्द गर्न भनेको छ। लकडाउन अवधिमा अत्यावश्यक र दैनिक उपभोग्य बस्तुहरुको ढुवानीमा रोक नलगाइने प्रमुख जिल्ला अधिकारी  ज्ञान प्रसाद ढकालले बताएका छन् । प्रजिअ ढकालले भने- ‘हामीले अनुमति प्राप्त सवारी साधन, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित सवारी लगायतका दैनिक अत्यावश्यक उपभोग्य बस्तुहरुको ढुवानी गर्ने सवारीलाई सञ्चालन गर्न भनेका छौ, अन्यलाई रोक छ ।‘

लकडाउनको बेला सूचना तथा प्रसारण बिभागले जारी गरेको प्रेस पासको आधारमा पत्रकारहरुलाई सुचना संकलनको लागी आवाजजावत गर्न पाउने व्यवस्था गरिएको प्रजिअ ढकालले जनाए । बैक तथा वित्तीय सस्थाका कर्मचारी लगायत निजि क्षेत्रका कर्मचारीहरुलाई समेत अर्को सूचना जारी नहुने बेलासम्मको लागी रोक लगाइएको प्रजिअ ढकालले बताए ।

प्रशासनको आदेशमा उल्लेख नभएको माछा मासुको पसल सञ्चालनमा भने कम मात्रामा खोल्न प्रजिअ ढकालले आग्रह गरेका छन् । ‘माछा मासु दैनिक उपभोग्य बस्तु अन्तर्गत नै पर्दछन तर त्यसको संबेदनशीलतालाई ख्याल गरेर सम्पूर्ण मापदण्ड पुरा गरेर मात्र सञ्चालन गर्न हामी आग्रह गर्दछौं’, प्रजिअ ढकालले पोखरा न्यूजसँग भने ।

प्रजिअ ढकालले पशुपंक्षीको दाना ओसारपसारमा समेत रोक नलगाइने प्रष्ट पारेका छन् । कुखुरा, गाइबस्तु लगायतका पशुपंक्षीलाई जीवित राख्नलाई दाना आवश्यक रहेको बताउदै उनले  दाना ओसारपसारमा रोक नलगाइने बताए ।

प्रशासनले जारी गरेको आदेशको उल्लंघन नगर्न आग्रह गर्दै यदी कसैले उल्लंघन गरेमा ६ महिनासम्म कैद सहित कानुन बमोजिमको  कारबाही हुने प्रजिअ ढकालले चेतावनी दिएका छन् ।

कोरोना भाइरस सम्बन्धी आम जनतामा भ्रम फैलिने गरि कसैले सामाजिक सञ्जाल तथा विद्ध्युतिय माध्यममा गलत सूचना प्रसारण गरेको पाइएमा कानुन बमोजिम कडा कारवाही हुने प्रशासनले जनाएको छ ।

काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले सोमबार देशलाई लकडाउन गर्ने निर्णय गरेको हो ।

प्रसाशनले जारी गरेको आदेश 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button