डोनाल्ड ट्रम्पले सुझाएको कोरोनाको औषधि खाँदा एकको मृत्यु, एकको अवस्था गम्भीर

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको सम्भावित औषधि भनेर सुझाएको एक औषधि सेवन गर्दा एकजनाको मृत्यु भएको छ ।

अमेरिकाको फिनिक्स बस्ने एक दम्पतीले कोरोना भाइरसविरुद्ध सेल्फ मेडिकेसन भन्दै क्लोरोक्वाइन फोस्फेट नामक औषधी प्रयोग गर्दा श्रीमानको मृत्यु तथा श्रीमतीको अवस्था गम्भीर भएको हो । ६० वर्ष नाघेका दुवैमा उक्त औषधी सेवन गरेको आधी घण्टा मै असर देखिएपछि तुरुन्तै अस्पताल पुर्याइएकोमा श्रीमानकोअस्पतालमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

क्लोरोक्वाइन फोस्फेट एक्वारियम सफा गर्न प्रयोग गर्न तयार गरिने रसायनको एक मिश्रण हो । तर क्लोरोक्वाइनलाई मलेरिया, लुपस र आर्थ्राइटिसको उपचारका लागि प्रयोग गर्न सकिने अमेरिकाको फुड एन्ड ड्रग प्रशासनले अनुमति दिएको छ । तर कोरोनाविरुद्ध क्लोरोक्वाइन फोस्फेट प्रयोग गर्न सकिने भने एफडिएले प्रमाणित भने गरेको छैन ।

एक जनाको मृत्यु नै भए पछि जथाभावी औषधि प्रयोग नगर्न सार्वजनिक आव्हान गरिएको छ भने कुनै पनि चिकित्सकलाई कोरोनाको उपचारका लागि बिरामीलाई क्लोरोक्वाइन फोस्फेट नदिन पनि आग्रह गरिएको छ । नाइजेरियामा तीन जनाले कोरोनाको सम्भावित औषधि भनेर उक्त औषधिको ओभरडोज लिएका थिए ।

यसअघि शनिबार एक ट्वीट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले क्लोरोक्वाइन फोस्फेट र एजिथ्रोमाइसिन एकैसाथ लिँदा कोरोनाविरुद्ध लड्न नयाँ अस्त्र बन्ने सम्भावना रहेको दाबी गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button