पोखरा महानगरले १ सय ५० बेड क्षमताको क्वारेन्टाइन बनाउने

पोखरा। पोखरा महानगरपालिकाले पोखराका दुई ठाँउमा क्वारेन्टाइन बनाउने भएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखराको सृजनाचोकमा रहेको लेक सिटि हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा एक सय बेड र पोखराकै नदिपुरमा पद्यम नसिङ होमको स्वामित्वमा रहेको (पुरानो बृद्ध) हस्पिटलामा ५० बेडको क्वारेन्टाइन अस्पताल आज दिनभरिमा तयार गर्ने निर्णय गरेको छ ।

दुवै अस्पतालमा आवश्यक बेड लगायत उपचारका सामाग्री तयारी अवस्थामा रहेकाले अन्य बाँकी काम पुरा गरेर भोलीबाटै सञ्चालनमा ल्याइने महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । लामो समयदेखि बन्द रहेका कारण सरसफाई लगायत अन्य केही सामाग्रीहरु व्यवस्थापन आज दिनभरीमा हुने र भोलीबाट सञ्चालनमा ल्याउन सकिने उपप्रमुख गुरुङले बताइन् ।

दुवै हस्पिटलमा महानगरप्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङसहित वडा अध्यक्ष र स्वास्थ्यकमीहरु सहित विहान अवालोकन गरे । अवलोकनपछि महानगर प्रमुख मानबहादुर जिसीले अस्पतालमा आवश्यक सामाग्रीको व्यवस्थापन महानगरले गर्ने र आज दिनभरिमा व्यवस्थापन गर्न महानगर स्वास्थ्य महाशाखालाई निर्देशन दिए ।

अहिले यी दुई हस्पिटलमा तयारी गर्ने र आवश्यकता परे अन्य ठाँउमा व्यवस्थापनका लागि लयारी गर्नै प्रमुख जिसीले बताए । सृजनाचोकमा रहेको लेक सिटि हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा आइसोलेसन बेड समेत बनाउन सकिने छ । हस्पिटलका  डाक्टर बिष्णु नेपालीले एक सय बेडमा ५० बेड आइसोलेसन बेड बनाउन सकिने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button