भारतमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो, १० को मृत्यु

भारत। छिमेकी मुलुक भारतमा विश्वव्यापी महामारी घोषित कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ५ सय नाघेको छ भने १० जनाको मृत्यु भएको छ ।

मङ्गलबार १० भन्दा बढी नयाँ संक्रमित भेटिएसँगै भारतमा कुल संक्रमितको ५ सय ११ पुगेको हो । मङ्गलबार भेटिएका नयाँ बिरामीमध्ये एक भारतको उत्तरपुर्वी मणिपुरबाट रहेका छन् भने ४ जना कर्णाटकबाट भएको जनाइएको छ । भारतमा कुल संक्रमितमध्ये सर्वाधिक ९७ जना महाराष्ट्रबाट छन् । त्यस्तै केरलामा ९५ जनामा भाइरस पुष्टि भएको छ ।

त्यस्तै कर्णाटकमा ३७, तेलङ्गना र उत्तर प्रदेशमा ३३-३३, राजस्थानमा ३२, गुजरातमा ३०, दिल्लीमा २९, हरियाणामा २६ र पन्जाबमा २३ जनामा कोरोना संक्रमण देखिएको छ । अन्य राज्यहरुमा लडखमा १३, तमिलनाडुमा १२, पश्चिम बङ्गाल र आन्ध्र प्रदेशमा ७-७ तथा चण्डीगढ ए मध्यप्रदेशमा ६ जनामा भाइरस पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा कोरोना देखिएका मध्ये ४१ जना विदेशी नागरिक रहेको पनि जनाइएको छ । सोमबार भारतमा हालसम्मकै सर्वाधिक ९९ जनामा एकैदिन कोरोना देखिएको थियो । कोरोना अझै नफैलियोस् भनेर त्यहाँका ३० राज्यमा लकडाउन गरिएको छ ।

भारतमा मार्च ३१ सम्मका लागि आन्तरिक हवाइउडानसमेत स्थगित गरिएको छ । यस अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनलाई गम्भीर रुपमा लिन सार्वजनिक अपिल गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button