एक लाख बढी कोरोना सङ्क्रमित उपचारपछि घर फर्किए

पोखरा न्यूज। विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म १६ हजार ५ सय ५८ व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार विश्वभरि तीन लाख ८१ हजार ७ सय ६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा १ लाख २ हजार ४ सय २९ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख ६२ हजार ७ सय ७४ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १ सय ९२ भन्दा बढी देशमा देखा परीसकेको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २ सय ७७ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार १ सय ७१ जना सङ्क्रमित रहेका छन् । मङ्गलबार प्राप्त एक समाचारअनुसार ७३ हजार १ सय ५९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण ६ हजार ७७ व्यक्तिको मृत्यु भएको छ । हाल ६३ हजार ९ सय २७ जना सङक्रमित रहेका छन् । मङ्गलबार प्राप्त एक समाचारअनुसार सात हजार ४ सय ३२ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ८ सय १२ व्यक्तिको मृत्यु भएको छ । हाल १२ हजार ८ सय ६१ जना सङक्रमित रहेका छन् । सात हजार ८ हजार ३ सय ७६ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा २ हजार ३ सय ११ व्यक्तिको मृत्यु भएको छ । हाल २९ हजार ४ सय ७० जना सङक्रमित रहेका छन् । मङ्गबार प्राप्त एक समाचारका अनुसार तीन हजार ३ सय ५५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण १ सय २३ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ४ सय ८० जना सङक्रमित रहेका छन् । यसैबीच ४ सय ५३ उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ५ सय ८२ व्यक्तिको मृत्यु भएको छ । हाल ४५ हजार २ सय ६८ जना सङक्रमित भने, २ सय ९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ८ सय ६० जनाको मृत्यु भएको छ । मङ्गलबार प्राप्त एक समाचारअनुसार स्रोह हजार ७ सय ९६ सङ्क्रमित रहेका छन् भने २ हजार २ सय  उपचारपछि घर फर्किएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय २० व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ४ सय १० सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार ५ सय ७ उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय २० व्यक्तिको मृत्यु भएको छ । आठ हजार ५ सय ४४ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ३ सय ३५ व्यक्तिको मृत्यु भएको छ । छ हजार १ सय ८० सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण २ सय १३ व्यक्तिको मृत्यु भएको छ । चार हजार ५ सय ३४ सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण २१ व्यक्तिको मृत्यु भएको छ । चार हजार ४ सय ४४ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण ८८ व्यक्तिको मृत्यु भएको छ । तीन हजार २ सय ५४ सङ्क्रमित भएका छन् । यसैबीच ४ सय १ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १० व्यक्तिको मृत्यु भएको छ । दुई हजार ६ सय १ सङ्क्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ३४, स्वेडेनमा २७, पोर्चुगलमा २३, क्यानाडामा २४ , डेनमार्कमा २४ मलेसियामा १४, आयरल्याण्डमा ६, पोल्याण्डमा ८, ग्रीसमा १७, इन्डोनेसियामा ४९ र फिलिपिन्समा ३३ हङकङमा ४, इराकमा २३ अल्जेरियमा १७ , भारतमा १०, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा १, पेरुमा ५, मेक्सिकोमा ४, इजिप्टमा १९, पानामा ६ अर्जेन्टिनामा ४, लेवनान ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमरिनोमा २०, हङ्ग्रेरीमा ८, मोरोक्कोमा ४, अफगानिस्तानमा १, नाइजेरियामा १ , बङ्गलादेशमा ३, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको आज प्राप्त समाचारमा जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button