अमेरिकी डलरको भाउमा उच्च वृद्धि

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ ।

नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको मूल्य अनुसार एक अमेरिकी डलरको बिक्री दर १ सय २२ रुपैयाँ ३४ पैसा र खरिद दर १ सय २१ रुपैयाँ तोकिएको छ । डलरको तुलनामा भारु कमजोर भएर १ अमेरिकी डलर बराबर भारु ७६ पुगेकाले त्यसको प्रभाव नेपाली मुद्रामा समेत परेको हो । गत फागुन १८ गते अर्थात मार्च एक तारिखका दिन अमेरिकी डलर एकको खरीददर १ सय १५ रुपैयाँ २० पैसा रहेको थियो भने बिक्री दर १ सय १५ रुपैयाँ ८० पैसा रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार यूरो एक बराबर खरीद दर १ सय २९ रुपैयाँ ९३ पैसा र बिक्री दर १ सय ३० रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै पाउण्ड स्ट्रलिङ एक बराबर खरीददर १ सय ४० रुपैयाँ ११ र बिक्री दर १ सय ४० रुपैयाँ ८० पैसा तोकिएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button